सरकारी अस्पतालका निजी फार्मेसी बन्द गर्न सर्वोच्च अदालतको परमादेश • Image Khabar Image Khabar


सरकारी अस्पतालका निजी फार्मेसी बन्द गर्न सर्वोच्च अदालतको परमादेश


Imagekhabar
२४ जेष्ठ २०७५, बिहीबार ०६:२०

सरकारी अस्पतालका निजी फार्मेसी बन्द गर्न सर्वोच्च अदालतको परमादेश

काठमाडौं, जेठ २४ । सर्वोच्च अदालतले सरकारी अस्पताल परिसरभित्र निजी औषधि पसल बन्द गर्न सरकारका नाममा परमादेश दिएको छ ।

न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र तेजबहादुर केसीको संयुक्त इजलासले सरकारी अस्पतालमा बिरामीलाई पर्याप्त हुने गरी आफ्नै सुलभ औषधि पसल सञ्चालन गर्न आदेश गरेको हो ।

वीर अस्पतालले निजी औषधि पसललाई सटर भाडामा दिँदा सर्वसाधारणले चर्को मूल्यमा औषधि खरिद गर्नुपरेको भन्दै अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले निवेदन दर्ता गराएका थिए ।

सर्वोच्चले वीरलगायतका सरकारी अस्पतालमा व्यक्तिलाई औषधि पसल गर्न भाडामा सटर दिनु स्वास्थ्य नीतिविपरीत भएको ठहर गरेको छ । –नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्