Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


ब्राजिलका पूर्वफुटबलर पेले भन्छन्– ब्राजिलले विश्वकप जित्ने विश्वास छैन


0
Shares

साउ पाउलो, जेठ २५ । विश्वकप फुटबल प्रतियोगिता पाँच पटक जितिसकेको ब्राजिल छैठौंपटक उपाधि हासिल गर्ने योजनामा छ ।

ब्राजिललाई यस पटक उपाधिको प्रवल दावेदार पनि मानिएको छ । तर, ब्राजिलकै सर्वकालिन महान फुटबलर पेले भने ब्राजिलले विश्वकप जित्नेमा विश्वस्त छैनन् ।

विश्वकपको तयारी जोडतोडले भइरहँदा पेले ब्राजिलको टिममा सन्तुलन नभएको बताउँछन् । संचारकर्मीसँग उनले भने, ‘टिमका सदस्य खेलाडीहरु उत्कृष्ट छन् तर टिम भने च्याम्पियन बन्नका लागि आवश्यक सन्तुलित देखिएको छैन ।’

ब्राजिलले तीन पटक विश्वकप विश्वकप हासिल गर्दा टिम सदस्यका रुपमा रहेका पेलेले हाल ब्राजिलियन टिमबारे टिप्पणी गर्दै भने, ‘विश्वकप जित्नका लागि सन्तुलित टिम चाहिन्छ, नेयमार एक्लैले विश्वकप जिताउन सक्दैनन् ।’ नेयमार सर्वश्रेष्ठ खेलाडीमध्ये एक रहेको जिकिर गर्दै उनले भने, ‘उनी परिपक्व र अनुभवी छन्, व्यक्तिगत रुपमा अरु खेलाडी पनि राम्रा छन् तर समग्रमा टिम राम्रो छैन ।’

प्रशिक्षक टिटेमाथि भरोसा व्यक्त गर्दै पेलेले भने, ‘मलाई उनीप्रति भरोसा छ ।’ केही खेलाडी पछिल्लो समय चोटग्रस्त भएका कारण पनि टिममा समस्या देखिएको पेलेको भनाइ छ ।