२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आर्मी प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा, सागरको शतक


0
Shares

शुक्रबार भएको सेमिफाइनल खेलमा प्रदेश नम्बर–५ माथि शानदार जित हासिल गर्दै आर्मी फाइनलमा पुगेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आर्मी १५४ रनले विजय भयो ।

पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित् ५० ओभरमा ८ विकेटको क्षतिमा २८९ रन बनाएको थियो ।

सागर पुनले ११८ तथा भीम सार्कीले ७७ रन बनाए ।

बलिङतर्फ प्रदेश–५ का कृष्ण कार्कीले ३ तथा विक्रम भुसालले २ विकेट लिए ।

जवाफमा प्रदेश–५ ले ३५ ओभर ५ बलमा अलआउट हुँदै १३५ रनमात्र बनाउन सक्यो ।

कृष्ण कार्कीले सर्वाधिक ३१ रन बनाएको इनिङ्सलाई ध्वस्त पार्नेक्रममा आर्मीका सुशन भारी र विक्रम सोबले समान ३/३ विकेट लिए ।

सागर पुन खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए ।

अब आर्मीले उपाधिका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीबीचको दोस्रो सेमिफाइनलको विजेतासँग आइतबार खेल्नेछ । दोस्रो सेमिफाइनल शनिबार हुँदैछ ।

सातओटा प्रदेश र तीन विभागीय गरी १० टोलीबीच पहिलोपटक यो संरचनाको प्रतियोगिता भएको हो ।