
शनिबार भएको प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा पुलिसलाई ९ रनले पराजित गर्दै सशस्त्र फाइनलमा पुगेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सशस्त्रले ४८.५ ओभरमा अलआउट हुँदै २०८ रन बनाएको थियो ।
सशस्त्रका लागि अनिलकुमार साहले सर्वाधिक ४५ रनको योगदान गर्दा पृथु बास्कोटाले ४० रन जोडे ।
बलिङतर्फ पुलिसका दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए ।
वर्षाले खेल प्रभावित भएपछि २८ ओभरमा झारिएको खेलमा ‘डकवर्थ लेविस’ नियमअनुसार पुलिसले १४१ रनको नयाँ लक्ष्य पायो ।
तर, पुलिसले निर्धारित् ओभरमा ९ विकेट गुमाउँदै १३१ रनमात्र बनाउन सकेपछि ९ रनले खेल जित्दै सशस्त्रले त्रिभुवन आर्मी क्लबसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
यसअघि, शुक्रबार भएको पहिलो सेमिफाइनलमा प्रदेश नम्बर–५ लाई हराउँदै आर्मी फाइनलमा पुगिसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्