२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


ललितपुरको गोदावरी र बडिखेल क्षेत्रमा तीन महिनासम्म पन्छी पाल्न रोक


0
Shares

काठमाडौं, जेठ २९ । ललितपुरको गोदावरी र बडिखेल क्षेत्रमा तीन महिनासम्म कुखुरालगायत पन्छी पालनमा रोक लगाइएको छ ।

गोदावरी र बडिखेल क्षेत्रमा रहेका चारवटा फर्ममा बर्ड फ्लुको संक्रमण भेटिएपछि पन्छी पालनमा रोक लगाइएको हो ।

स्थानीय प्रशासनले संक्रमण फेला परेको स्थानलाई केन्द्रबिन्दु मानेर करिब ३ किलोमिटर टाढासम्म ३ महिनालाई कुखुरालगायत पन्छीजन्य जीव नपाल्न आग्रह गरेको हो ।

स्थानीय प्रशासनले ती ठाउँलाई बर्ड फ्लु संकटग्रस्त क्षेत्रसमेत घोषणा गरेको छ । –राजधानी दैनिकबाट