२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024


तीन दिनमा ४ अर्ब ३७ करोड खर्च !


0
Shares

काठमाडौं, असार ११ । सरकारले आर्थिक वर्षको सुरुवाती दुई महिनामा खर्च गरेजति बजेट असारको तीन दिनमै सकेको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ) सम्मको पूँजीगत खर्च ४ अर्ब २७ करोड १४ लाख १२ हजार रुपैयाँ हो ।

आर्थिक वर्षको अन्तिम महिना असार लागेलगत्तैका तीन दिन (३, ४ र ५) गतेको खर्च त्योभन्दा बढी अर्थात ४ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ सकिएको छ ।

सरकार, योजना आयोग र संसदीय समितिहरुले पुँजीगत खर्च सुधारका लागि अघि सारेका उपाय र मापदण्डहरु यो वर्ष पनि विगतकै झैं उल्लंघन हुने निश्चितप्रायः बनेको छ । –कान्तिपुर दैनिकबाट