१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


फिफा वरीयतामा नेपाल एक स्थान झर्‍यो, बेल्जियम शीर्षमा


0
Shares

काठमाडौं, कात्तिक ८ । फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च संस्था (फिफा)ले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झर्दै १६१औं स्थानमा पुगेको छ । अघिल्लो महिना नेपाल १६०औं स्थानमा थियो ।

दक्षिण एसियाली देशमा भारत सबैभन्दामाथि ९७औं, माल्दिभ्स १५१, भुटान १८८औं स्थानमा रहँदा बंगलादेश १९४औं, पाकिस्तान १९९औं र श्रीलंका २०१औं स्थानमा रहेका छन् ।

विश्व वरीयतामा बेल्जियम शीर्ष स्थानमा अटाएको छ ।

विश्वकप विजेता फ्रान्स दोस्रो स्थानमा रहँदा ब्राजिल तेस्रो, क्रोएसिया चौथो, इंग्ल्यान्ड पाँचौं, छैटौंमा उरुग्वे, सातौंमा पोर्चुगल, आठौंमा स्वीट्जरल्यान्ड, नवौंमा स्पेन र दशौंमा डेनमार्क रहेका छन् । रासस