
काठमाडौं । साफ अण्डर फिफ्टिन फुटबल च्याम्पियनसिप आजबाट काठमाडौं सुरु हुँदैछ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्नेछन् ।
यो खेल आज विहान साँढे ११ बजे सुरु हुनेछ । आज हुने दोस्रो खेलमा दिउँसो ३ बजे नेपालले माल्दिभ्सको सामना गर्नेछ ।
प्रतियोगितामा भोलिदेखि हुने खेलहरुको समयमा भने थोरै फेरबदल भएको छ ।
भोलि पाकिस्तान र भुटानले बिहान साढे १० बजे र माल्दिभ्स र बंगलादेशले साढे २ बजे प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी शनिबार बिहान साढे १० बजे भुटान र भारत तथा दिउँसो साढे २ बजे नेपाल र बंगलादेशले खेल्नेछन् ।
साफ अण्डर फिफ्टिन फुटबल च्याम्पियनसिपको यो चौथो संस्करण हो ।
प्रतिक्रिया दिनुहोस्