१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


१२ किमि म्याराथनको उपाधि जुम्लाका बुढाले जिते


0
Shares

भैरहवा, कात्तिक ७ । भैरहवामा सम्पन्न १२ किलोमिटर दूरीको म्याराथन प्रतियोगिताको उपाधि जुम्लाका दुर्गाबहादुर पुन बुढाले जितेका छन् ।

विश्व पोलियो दिवसको अवसरमा बुधबार आयोजित म्याराथनको दूरी ३४ मिनेटमा पार गर्दै पुनले उपाधि जितेका हुन् ।

प्रतियोगितामा राजविराजका अजितकुमार यादव दोस्रो र बाग्लुङका तीर्थ पुन तेस्रो भए ।

११८ जनाको सहभागिता रहेको प्रतियोगितामा धावकहरुलाई हौसला प्रदान गर्न चर्चित धावक वैकुण्ठ मानन्धर पनि सहभागी थिए ।