१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


बार्सिलोना स्पेनिस लिगको शीर्ष स्थानमा, रियाल मड्रिडलाई लेभान्तेले हरायो


0
Shares

काठमाडौं । सेभियालाई हराँउदै बार्सीलोना स्पेनिस लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ ।

गएराती आफ्नै मैदानमा भएको खेलमा बार्सीलोनाले सेभियालाई ४–२ ले हरायो ।

बार्साका लागि फिलिप कौटिन्हो, लियोनल मेस्सी, लुईस सुवारेज र ईभाँ राकिटिचले एक एक गोल गरे ।

पराजित टोली सेभियाका पाब्लो साराबिया र लुईस मुरिएलले एक एक गोल फर्काए ।

स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार अर्को क्लब रियाल मड्रिडको भने खराब लय जारी छ । गएराती रियाल मड्रिडलाई लेभान्तेले २–१ ले हरायो ।

लिगको पाँचौ स्थानमा रहेको रियालको यो चौथो हार हो । युरोपियन च्याम्पियन रियाल मड्रिडले पछिल्लो सबैखाले प्रतियोगिताको पाँच खेलमा जित निकाल्न सकेको छैन ।

गएरातीका खेलहरुपछि ला लिगाको अंक तालिकामा ९ खेलबाट १८ अंक जोडेको बार्सीलोना शिर्ष स्थानमा छ ।

समान खेलबाट १७ अंक जोडेको आलाभेज दोस्रो स्थानमा उक्लिंदा तेस्रो स्थानको सेभिया र चौथो स्थानको एथ्लेटिको मड्रिडको समान १६ अंक रहेको छ ।

१४ अंक मात्रै जेडेको रियाल मड्रिड पाँचौ स्थानमा छ ।