१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024


विश्वकप फुटबलमा जर्मनीद्वारा स्विडेन पराजित


0
Shares

काठमाडौं, असार १० । विश्वकप फुटबलमा बेल्जियम र मेक्सिकोले लगातार दोस्रो जित हात पार्दा जर्मनीले पनि पहिलो खेल जितेको छ ।

गएराति सोचीस्थित ओलम्पिक रंगशालामा भएको खेलमा स्विडेनलाई हराउँदै जर्मनीले रुसमा जारी विश्वकप फुटबलमा पहिलो जित हात पारेको हो ।

खेलको ३२ औं मिनेटमा ओला तोईभोनेनले गोल गर्दै स्विडेनलाई सुरुवाती अग्रता दिए । ४८ औं मिनेटमा मार्को रिउसले एक गोल थप्दै जर्मनीलाई बराबरीसम्म ल्याए ।

बराबरीको संघारमा पुगेको खेलको ईन्जुरी समयमा जर्मनीले एक गोल थप्यो । जर्मनीका लागि रिउसको पासमा टोनी क्रुसले विजयी गोल गरेका हुन् ।

जितसँगै जर्मनीले प्रतियोगिताको दोस्रो चरणमा पुग्ने सम्भावना जिवित राखेको छ ।

पहिलो खेलमा मेक्सिकोसँग हारेको जर्मनीले समूहको अन्तिम खेलमा दक्षिण कोरियाको सामना गर्नेछ ।