ट्युनिसियाबिरुद्ध बेल्जियमको शानदार जित, रोमेलु लुकाकुले देखाए चमत्कार • Image Khabar Image Khabar


ट्युनिसियाबिरुद्ध बेल्जियमको शानदार जित, रोमेलु लुकाकुले देखाए चमत्कार


Imagekhabar
९ असार २०७५, शनिबार ०८:२२

ट्युनिसियाबिरुद्ध बेल्जियमको शानदार जित, रोमेलु लुकाकुले देखाए चमत्कार

काठमाडौं, असार ९ । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘जी’ को खेलमा बेल्जियमले ट्युनिसियालाई ५–२ को फराकिलो अन्तरले पराजित गरेको छ ।

लगातार दोस्रो जितसँगै बेल्जियमले राउण्ड अफ सिक्सटिनमा स्थान समेत सुरक्षित गरेको छ ।

पहिलो खेलमा बेल्जियमले पानामालाई ३-० ले हराएको थियो ।

ट्युनिसियाबिरुद्ध बेल्जियमलाई फराकिलो जित दिलाउने क्रममा रोमेलु लुकाकु र इडेन हाजार्डले २–२ गोल गरे । यस्तै, बात्सुइले १ गोल गरे ।

अघिल्लो खेलमा पनि समान २ गोल गरेका लुकाकुले जारी प्रतियोगितामा ब्यक्तिगत गोल संख्या ४ पुर्‍याएका छन् ।

पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले पनि प्रतियोगितामा २ खेलबाट ४ गोल गरेका छन् ।

समुह एचमा लगातार दुइ हार बेहोरेसँगै ट्युनिसिया प्रतियोगिताबाट बाहिरिएको छ ।

अघिल्लो खेलमा ट्युनिसियाले इंग्लण्डसँग २-१ को हार वेहोरेको थियो । 

 

प्रतिक्रिया दिनुहोस्