
काठमाडौं, कात्तिक १ । पाकिस्तानविरुद्धको दोस्रो टेस्ट क्रिकेट विजयका लागि अष्ट्रेलियाले ५३८ रनको चुनौती पाएको छ ।
अष्ट्रेलियाले तेस्रो दिनको समाप्तिसम्म एक विकेटको क्षतिमा ४७ रन बनाएको छ । अष्ट्रेलियाले अझै ४९१ रन बनाउनुपर्नेछ ।
तटस्थस्थल युएईको अबुधाबीमा जारी खेलमा अष्ट्रेलियाले कमजोर बलिङ प्रदर्शन गरेपछि फराकिलो चुनौतीको सामना गर्नुपरेको हो ।
यसअघि, पहिलो इनिङ्समा अष्ट्रेलियालाई १४५ रनमै रोकेर १३७ रनको अग्रता लिएको पाकिस्तानले दोस्रो इनिङ्समा पनि आकर्षक ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा ४०० रन बनाएर इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।
बाबर अजामले ९९, कप्तान सर्फराज अहमदले ८१, फखर जमानले ६६ तथा अजर अलीले ६४ रन बनाए ।
पाकिस्तानले पहिलो इनिङ्समा २८२ रन बनाएको थियो ।
शृखंलामा फितलो देखिएको अष्ट्रेलियाले पहिलो खेलमा बराबरी गर्न निकै संघर्ष गर्नुपरेको थियो ।
दोस्रो टेस्टको दुई दिनको खेल बाँँकी रहेकाले परिणाम निस्कने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्