८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023


ब्राजिलले अर्जेन्टिनालाई हरायो


0
Shares

काठमाडौं, असोज ३१ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले अर्जेन्टिनालाई पराजित गरेको छ ।

मंगलबार राति साउदी अरबमा भएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई १–० ले पराजित गरेको हो ।

ब्राजिलका लागि मिरन्डाले इन्जुरी समयमा गरेको गोल नै निर्णायक बन्यो । उनले नेयमारको कर्नर प्रहारमा हेडगोल गरेका हुन् ।

त्यसअघि, दुवै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् ।

अर्जेन्टिना नियमित कप्तान लियोनल मेसीबिना मैदानमा उत्रिएको थियो । ब्राजिलले भने आफ्नो पहिलो रोजाइकै खेलाडी मैदानमा उतारेको थियो ।

मैत्रीपूर्णकै अरु खेलमा जापानले उरुग्वेलाई ४–३, डेनमार्कले अष्ट्रिया, चीनले सिरिया, उज्वेकिस्तानले कतार र युएईले भेनेजुएलालाई समान २–० ले पराजित गरे ।

इरानले बोलिभियालाई २–१ ले पराजित गर्दा नेदरल्यान्ड्स र बेल्जियम, दक्षिण कोरिया र पानामा, स्वीडेन र स्लोभाकिया, ओमान र इक्वेडर तथा हङकङ र इन्डोनेसियाले भने बराबरी खेले ।