
काठमाडौं । एनआरएन, स्वीडेनले स्टकहोल्ममा आयोजना गरेको ‘रन फर नेपाल’ दौड प्रतियोगितामा उल्लेख्य संख्यामा प्रवासी नेपालीहरुले मजा लिएका छन् ।
१३ अक्टोबरका दिन विभिन्न समूह विभाजन गरी आयोजना भएको प्रतियोगितामा १० देखि १८ उमेर समूह र ३० बर्ष भन्दा माथिका पुरुष गरि दुई समुह र १० बर्ष भन्दा माथिका महिलाको एक समुह साथै पुरुष र महिला गरी तीन समूहमा बिभाजन गरि प्रतिस्पर्धा गराइयो ।
प्रतियोगितामा पुरुषतर्फ ३० बर्ष उमेर भन्दा माथितर्फ राज कुमार पाठकले प्रथम स्थान हासिल गरे । दोस्रो र तेस्रो स्थानमा क्रमशः नर बहादुर रोक्का र टेक रोक्काले बाजी मारे ।
त्यसै गरी १०–१८ उमेर पुरुष समुहमा सिमोन पुन प्रथम भए भने बिज्ञास पाईजा दोस्रो भए ।
महिलातर्फ़ भने सोफिया पाठक ढुंगानाले प्रथम स्थान हाँसिल गरिन् । दोस्रोमा प्रिया न्यौपाने र तेस्रोमा परीक्षा भटृराई बिजयी भए ।
त्यसैगरी चौथो स्थान हाँसिल गरेकी सरिता ढकाललाई शान्त्वना स्वरुप पुरस्कृत गरियो ।
बिजयी सबै प्रतियोगिलाई स्वीडेनका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले अबिर लगाई पुरस्कार र प्रमाण पत्र प्रदान गरे ।
‘स्वास्थ्यका लागि दौड’ भन्ने नाराका साथ सम्पन भएको सो प्रतियोगिता प्रतिस्पर्धात्मक हिसाबले भन्दा पनि मनोरंजनात्मक हिसाबले गरिएको थियो ।
कार्यक्रममा आएका सम्पूर्ण सहभागीहरुलाई एनआरएन स्वीडेनका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले धन्यवाद दिए ।
सोही अवसरमा कार्यक्रमबाट संकलित रक़म नेपालको सामाजिक क्षेत्रमा खर्च गरिने उनले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्