
काठमाडौं । युएफा नेसन्स लिग फुटबलमा गएराति नेदरल्यान्ड्सले जर्मनीलाई पराजित गरेको छ ।
नेसन्स लिगअन्तर्गत लिग ए को समुह १ को खेलमा घरेलु टोली नेदरल्यान्ड्स ३–० ले विजयी भयो ।
खेलमा भर्जिल भान डाईक, मेम्फिस डिपे र जर्जिनियो वहाल्दुमले एक एक गोल गरे ।
जितसँगै नेदरल्यान्ड्स समूहको दोस्रो स्थानमा उक्लिएको छ ।
यो समूहका दुई खेलबाट ४ अंक जोडेको फ्रान्स शीर्ष स्थानमा रहँदा समान खेलबाट ३ अंक जोडेको नेदरल्याण्ड्स दोस्रो तथा १ अंक जोडेको जर्मनी तेस्रो स्थानमा छ ।
गएरातिको हारसँगै प्रशिक्षक वाकिम लोउको टोली जर्मनी थप दबाबमा आएको छ ।
सन् २०१४ को विश्वकप विजेता जर्मनीले पछिल्लो १२ मध्ये ३ खेल मात्रै जितेको छ ।
गएराति नै भएको युएफा नेसन्स लिग बी को खेलमा चेक गणतन्त्रले स्लोभाकियालाई २–१ ले हराउँदा आयरल्याण्ड र डेनमार्कले गोलरहित बराबरी खेलेका छन् ।
प्रतिक्रिया दिनुहोस्