१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


‘सिटी एक्सप्रेस दोहोरी स्टार’ को सेमिफाइनलमा जेरी’ र मिनाको भिडन्त


0
Shares

काठमाडौं । लोक तथा दोहोरी गीत संगीतको प्रवद्र्धन र प्रतिभाहरुको पहिचानका लागि इमेज च्यानल टिभीका प्रशारण हुँदै आइरहेको ‘सिटी एक्सप्रेस दोहोरी स्टार’ सेमिफाइनलको चरणमा पुगेको छ ।

टेलिभिजन र युट्यूब च्यानलमा सर्वाधिक रुचाइएको यस कार्यक्रम थप गहन र प्रतिस्पर्धी बन्दै गइरहेको सहभागीहरुको भनाइ छ ।

आगामी आइतबार बेलुकी ८ बजे  हुने लागिरहेको बबिता बानियाँ ‘जेरी’ र मिना बुढाथोकी बीचको रमाइलो र घम्साघम्सी दोहोरी प्रतियोगिताको थप रोचक बनेको आयोजकको दाबी छ ।