११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


स्विट्जरल्याण्डसँग सर्विया पराजित


0
Shares

मस्को, असार ९ । सर्वियालाई हराउँदै स्विट्जरल्याण्डले विश्वकप फुटबलको नकआउट चरणमा उक्लिने सम्भावना बलियो पारेको छ ।

गएराति कालिनिन्ग्राद रंगशालामा भएको खेलमा सर्वियाले सुरुवाती अग्रता लिएको थियो । पाँचाँै मिनेटमा अलेक्साण्डर मित्रोभिचले गोल गर्दै सर्वियालाई अग्रता दिएका हुन् ।

५२ औं मिनेटमा स्विट्जरल्याण्डका ग्रानिट झाकाले गोल फर्काउँदै खेल बराबरी गरे । ईन्जुरी समयमा खेर्दान शाकिरीले निर्णायक गोल गरेपछि स्विट्जरल्याण्डले कठिन खेलबाट ३ अंक लिएको छ ।

जितसँगै स्विट्जरल्याण्डले समूहका दुई खेलबाट ४ अंक जोड्दै तालिकामा शीर्ष स्थानमा रहेको ब्राजिलसँग बराबरी गरेको छ । ३ अंकमात्रै जोडेको सर्विया तेस्रो स्थानमा छ ।

यी तीनवटै टोली समूह ‘ई’ बाट अघिल्लो चरणमा पुग्ने समिकरणमा जीवित रहँदा चौथो स्थानको कोष्टा रिका भने बाहिरिएको छ ।