नाइजेरियाको जितले अर्जेन्टिनालाई समेत राहत • Image Khabar Image Khabar


नाइजेरियाको जितले अर्जेन्टिनालाई समेत राहत


Imagekhabar
८ असार २०७५, शुक्रबार १९:२२

नाइजेरियाको जितले अर्जेन्टिनालाई समेत राहत

मस्को, असार ९ । विश्वकप फुटबलमा नाईजेरियाले आईसल्यान्डलाई २–० ले हराएको छ ।

नाईजेरियाको यो जितले समूहको अर्को टोली अर्जेन्टिनालाई पनि राहत मिलेको छ ।

गएराति भोल्गोग्राद एरिनामा भएको खेलमा नाईजेरियालाई विजयी गराउन दुबै गोल अहमद मुसाले गरे । ४९ औं मिनेटमा पहिलो गोल गरेका मुसाले ७५ औं मिनेटमा दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।

जितसँगै नाईजेरियाले अर्को चरणमा पुग्ने आशा जीवित राखेको छ । समूह ‘डी’ मा लगातार दुई जित हात पारेको क्रोएसिया नक आउट चरणमा पुगिसकेको छ । यो समूहबाट ३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको नाईजेरिया, १ अंकसहित तेस्रो र चौथो स्थानमा रहेका आइसल्याण्ड र अर्जेन्टिनामध्ये एक टोली नक आउट चरणमा पुग्नेछन् ।

समूहको अन्तिम खेलमा आगामी मंगलबार नाईजेरिया र अर्जेन्टिना तथा आईसल्याण्ड र क्रोएसिया भिड्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्