Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


निवासको कप्तानीमा साफ यु–१५ टोली घोषणा


0
Shares

काठमाडौं, असोज २३ । आगामी कात्तिक ८ गतेदेखि १७ गतेसम्म काठमाडौंमा हुने साफ यु–१५ च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार साफ यु–१५ का लागि निवास फुयालको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा जान लिम्बू, प्रमेश गुरुङ, रोशन थापा, श्रीजन दानी, रोजित परियार, सुशील अधिकारी, हृदेश ठकुरी, प्रदीप लम्साल, मनाग्य नकर्मी, दिपेश गुरुङ, प्रविन मगर, राकेश विक, शशांक बोहरा, निराजन मल्ल, धीरज बलायर, नमास थापा, सोनम गुरुङ, रोहित शुब्बा, दिपेश राई, रोशन नेपाल, रोशन मगर र विनय श्रेष्ठ छन् ।

टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सनोज श्रेष्ठलाई दिइएको एन्फाले जनाएको छ । रासस

Skip This