Logo २३ फाल्गुन २०८२, शनिबार | Sun Mar 8 2026


ताप्लेजुङ पुग्ने पर्यटकका लागि ‘कोशेली घर’, स्थानीय लघु उद्यमीलाई पनि फाईदा


0
Shares

ताप्लेजुङ, असार ८। ताप्लेजुङमा स्थापित कोशेली घरले स्थानीय स्तरमा उत्पादित बस्तुको बजारीकरण गर्न थालेपछि जिल्लाका लघु उद्यमीलाई फाईदा पुगेको छ ।

सदरमुकाममा रहेको कोशेली घरले यहाँका उद्यमीले उत्पादन घरेका सामाग्री खरिद गरेर विक्री गर्ने गरेपछि उद्यमीलाई फाईदा पुगेको हो ।

बजारीकरणमा समस्या बेहोर्दै आएका उद्यमीले आफ्ना उत्पादन कोशेली घरमा लगेर विक्री गर्दै आएका छन् । कोशेली घरले स्थानीयले साना उद्योग दर्ता गरि उत्पादन गरेका राडीपाखी, ढाका तथा खाँडीका कपडा, तोङ्बा, सुकुटी, ठेकी, खुकुरी, अर्गानिक चिया, छुर्पी, विभिन्न जडिबुटीहरु, कोदो, चामल लगायतका सामाग्री खरिद गरेर विक्री गर्दै आएको छ ।

ताप्लेजुङमा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकले ताप्लेजुङको कोशेलीको रुपमा स्थानीय उत्पादनहरु खोज्ने गरेको कोशेली घर सञ्चालक ललित गुरुङले बताए ।