१२ आश्विन २०८०, शुक्रबार | Fri Sep 29 2023


विभूषण ग्रहण गर्न अब राष्ट्रिय पोशाक अनिवार्य


0
Shares

काठमाडौं, असार ८ । सरकारले विभूषण ग्रहण गर्दा राष्ट्रिय पोशाक अनिवार्य रुपमा लगाउनु पर्ने बाध्यकारी व्यवस्था ल्याएको छ ।

पहिलो पटक ‘विभूषण सिफारिस कार्यविधि प्रदानसम्बन्धी मापदण्ड २०७५’ जारी गर्दै गृह मन्त्रालयले विभूषण प्राप्त गर्ने पुरुषले दौरासुरुवाल÷ढाकाटोपी (कालो भादगाउँले) र कालो जुत्ता तथा महिलाको हकमा साडी÷चोलो र जुत्ता लगाउनुपर्ने व्यवस्था ल्याएको हो ।

विभूषण ऐन २०६४ र नियमावली २०६५ अनुसार सरकाले केही साताअघि मात्रै विभूषण सिफारिस कार्यविधि एवं प्रदान सम्बन्धी मापदण्ड २०७५ लागू गर्दैै राज्यबाट सम्मान प्राप्त गर्दा निश्चित आधार र मापदण्ड तय गरेको हो । –कारोबार दैनिकबाट