६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


धरहरा पुनर्निर्माणमा ६ कम्पनी इच्छुक


0
Shares

काठमाडौं, असार ८ । भूकम्पले भत्किएको धरहरा पुनर्निर्माणका लागि ६ कम्पनीमात्र तयार भएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणका लागि आह्वान गरेको टेन्डरमा ६ कम्पनीले मात्रै आवेदन दिएका हुन् ।

प्राधिकरणले वैशाख ३१ गते टेन्डर आह्वान गरेर बिहीबार आशयपत्र खोलेको थियो । प्राधिकरणले सीमित कम्पनीलाई मात्र लक्षित गरेर मापदण्ड राखेकाले धरहरा पुनर्निर्माणमा अत्यन्तै कम कम्पनीको निवेदन परेको बुझिएको छ ।

प्राधिकरणले धरहरा पुनर्निर्माण गर्न चाहने कम्पनीको पछिल्लो तीन वर्षभित्र भ्याटबाहेक तीन अर्ब ९१ करोड २८ लाखको कारोबार हुनुपर्ने मापदण्ड राखेको थियो । 

अन्तर्राष्ट्रिय निर्माण कम्पनीसँग साझेदारीमा कालिका रसुवा जेभी, लामा, रमन, आसिस, स्वच्छन्दता, कुमार नेपाली निर्माण कम्पनीले धरहरा पुनर्निर्माणमा आवेदन दिएका छन् । –नागरिक दैनिकबाट