काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले १–१ गोलको बराबरी खेलेका छन् ।
गएराति चेल्सीको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि एडिन हाजार्डले पहिलो गोल गरे ।
तर निर्धारित समयको खेल सकिन १ मिनेट बाँकी छँदा लिभरपुलका ड्यानिएल स्टरीजले गोल गर्दै खेल बराबरी गरे ।
यो बराबरीसँगै दुबै टोलीले जारी सिजनको लिगमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएका छन् ।
गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले ब्राइटनलाई २–० ले हराएको छ । खेलमा सिटीलाई विजयी गराउन राहिम स्टर्लिङ र सर्जियो अगुएरोले एक–एक गोल गरे ।
यसैगरी आर्सनलले वाट्फोर्डलाई, टोटनह्याम हट्सपरले हडर्सफिल्ड टाउनलाई तथा लेष्टर सिटीले न्युकासल युनाईटेडलाई समान २–० ले हराएका छन् ।
म्यान्चेस्टर युनाईटेडलाई भने वेष्ट ह्याम युनाईटेडले ३-१ ले पराजित गरेको छ ।
प्रिमियर लिगकै अन्य खेलहरुमा एभर्टनले फुल्हमलाई ३–० ले हराउँदा वुल्भरह्याम्पटनले साउथह्याम्पटनलाई २–० ले हराएको छ ।
गएरातिका खेलपछि ७ खेलबाट १९ अंक जोडेको म्यान्चेस्टर सिटी लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
समान १९ अंक जोडेको लिभरपुल गोलअन्तरका आधारमा दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको चेल्सीको १७ अंक छ ।
प्रतिक्रिया दिनुहोस्