९ चैत्र २०७९, बिहिबार | Thu Mar 23 2023


चिनियाँ रेल चाँडै काठमाडौं पुग्ने चीनका राष्ट्रपतिको विश्वास


0
Shares

काठमाडौं, असार ७ । प्रधानमन्त्री केपी ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच बुधबार बेइजिङमा भएको वार्ताले द्विपक्षीय साझेदारीका निम्ति दूरगामी आधारहरु खडा गरेको छ ।

खासगरी सार्वजनिक चर्चामा मात्र सीमित रहँदै आएको चिनियाँ रेललाई नेपालसम्म पु¥याउने परिकल्पनाले अब कार्यरुप पाउने भएको छ ।

चिनियाँ राष्ट्रपति सीले सीमा वारपार रेल सञ्जालको नेपाली चाहनालाई पहिलोपटक ठोस रुपमा अनुमोदन गरिदिएका हुन् । उनले ग्रेट हल अफ पिपुलमा शिष्टाचार भेटका निम्ति पुगेको नेपाली प्रतिनिधिमण्डलसामु भने, ‘हामीले छिङहाईदेखि ल्हासासम्म बनाएको रेलमार्ग अहिले शिगात्से पुगेको छ । त्यो अझै अगाडि बढ्दै छ र मलाई विश्वास छ, त्यो चाँडै काठमाडौं पनि पुग्नेछ ।’ –कान्तिपुर दैनिकबाट