
काठमाडौं, असार ७ । विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) असफल भएपछि दाताले विद्यालय तहको राम्रो नतिजाका लागि दोस्रो चरणको सहयोग रकम राष्ट्रिय पाठ्यक्रम प्रारुप परिवर्तनमा लगाउन दबाब दिएको आरोप लागेको छ ।
दोस्रो चरणको परियोजनाको नाम विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) दिइएको छ ।
एसएसआरपी र एसएसडिपी कार्यक्रम दाताको सहयोग केन्द्रीत कार्यक्रम हुन्, जसमा विश्वबैंकले मुख्य योगदान दिएको छ । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्