Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


लुक्लामा ६ सय बढी पर्यटक अपलपत्र

खुम्बु क्षेत्रमा पर्यटकलाई बासस्थानकाे समस्या

234
Shares

सोलुखुम्बु। सोलुखुम्बुको लुक्लामा प्रतिकूल मौसमका कारण करिब ६ सय भन्दा बढी पर्यटक अपलपत्र परेका छन्।

लुक्लाका पर्यटन व्यवसायी तोया श्रेष्ठका अनुसार लुक्ला र सुर्केमा पर्यटकहरुलाई बस्ने र खाने ठाउँको अभाव भएको हाे । त्यस्तै, सगरमाथा आधारशिविर क्षेत्रमा मात्र १ हजार ४ सय ९० जना पर्यटक रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिनुभयो।

त्यसैगरी गोरक्क्षेपमा २ सय २०, लोबुचेमा २ सय ३५ , दिङबुचेमा १ हजार र थुक्लामा ३५ जना अलपत्र अवस्थामा रहेका छन् । पर्यटकको सामान्य आवतजावत भने भइरहेको उहाँले बताउनुभयाे । सगरमाथाको प्रवेशद्वार नाम्चेबजार आसपासका क्षेत्रमा १ हजार २ सय जना पर्यटक रहेको र समग्र खुम्बु क्षेत्रमा साढे ५ हजार स्वदेसी तथा विदेशी पर्यटकहरु रहेको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो।

नाम्चेमा करिब ३५ सय पर्यटक बास बस्न सक्ने होटलको क्षमता भएकाले पर्यटकलाई खान बस्नका लागि खासै समस्या नभएको उहाँकाे भनाइ छ। नाम्चेस्थित होटल व्यवसायी संघले नियमित मूल्यमै खाना तथा बासको ब्यवस्था गरेको दावी पनि व्यवसायी शेर्पाले गर्नुभयाे ।