
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयानका लागि उपस्थित भएका छन् ।
लामिछानेविरुद्ध सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । लामिछानेको बयान आजै शुरु हुने जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताउनुभयो ।
बयान सकिएपछि थुनछेक बहस शुरु हुनेछ । थुनछेक बहस सकिएपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय लिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्