२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


२०८१ सालबाट निवृत्तिभरण ऐन कोषमा शिक्षक सेवा समावेश हुन्छ : शिक्षामन्त्री भट्टराई


8.164k
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले २०८१ बाट मात्रै निवृत्तिभरण ऐनमा शिक्षक सेवा समावेश हुने बताउनुभएको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शिक्षामन्त्री भट्टराईले २०८१ बाट मात्रै निवृत्तिभरण ऐनमा शिक्षक सेवा समावेश हुने जानकारी दिनुभएको हो ।

शिक्षामन्त्री भट्टराईले केही दिनअघि सरकारले जारी गरेको अध्यादेशमा निवृत्तिभरण ऐनको बारेमा पनि उल्लेख भएको बताउँदै निवृत्तिभरण कोषमा शिक्षक सेवा समावेश कहिले भन्ने प्रश्न रहेको बताउनुभयो । सोही बारेमा आजको मन्त्रिपरिषद् बैठकमा आफूले कुरा राखेको र छलफलमा ऐन बनेपछि (२०८१)बाट मात्रै निवृत्तिभरण ऐन कोषमा शिक्षक सेवा समावेश हुने स्पष्ट भएको बताउनुभयो ।

२०८१ सम्मका शिक्षकहरु भने पेन्सनकै प्रावधानमा रहने बताउनुभयो ।