
काठमाडौं । काठमाडौं ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनका लागि अघि सारेको विभिन्न योजना अन्तर्गत नयाँ प्रविधि प्रयोग गरी ट्राफिक नियम उलंघन गर्नेहरुलाई कारबाही प्रक्रिया अघि बढाउँदा दैनिक सयभन्दा बढी कारबाहीमा पर्ने गरेका छन् । ट्राफिकको आँखा छली सवारी नियम उलंघन गर्नेहरुलाई कार्यालयबाट अनुगमन गर्ने व्यवस्था गर्दा अब कसैले कतै पनि ट्राफिक नियम उलंघन गर्ने सम्भावना छैन ।
सावधान: तपाई सवारी साधन चलाउँदा ट्राफिक भएन भन्दैमा जथाभावी सवारी चलाउँदै हुनुहुन्छ भने कारबाहीमा पर्नुहुनेछ । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउने अभियान अन्तर्गत सवारी नियम मिच्नेहरुलाई्र कार्यालयबाट कारबाही प्रक्रिया थालिसकको छ । लेन मिचेर होस, ओभरटेक होस वा ओभरस्पीड नै किन नहोस कार्यालयबाट नै अनुगमन गरी तपाईको सवारी साधनको नम्बर पहिचान गरी कारबाही गर्ने गरेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रमुख विनोद घिमिरे बताउनुहुन्छ ।
त्यसो त सवारी चालकहरुले ट्राफिक नियम उल्लंघन गरेपश्चात् ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टे पूर्जी वापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै कारबाही स्थलबाटै भुक्तान गरी आफ्नो कागजपत्र फिर्ता लिन सकिने व्यस्था समेत गर्ने गरेको छ । पहिलो चरणमा गौशाला, दरबारमार्ग, थापाथली, जावालाखेल र जनसेवा गरी पाँच वटा ट्राफिक कार्यालयबाट सुरु गरेको यो सेवालाई क्रमशः अन्य कार्यालयमा समेत बिस्तार गरिएको छ । काठमाडौं महानगरलाई दुर्घटना मुक्त क्षेत्र घोषणा गर्ने अभियान अन्तर्गत ट्राफिक प्रहरीले बेलाबेलामा गर्ने गरेको नयाँ नयाँ अभियानले सवारी साधन चलाउँदा होशियार अपनाउन सचेत समेत तुल्याएको छ । यद्दपी ट्राफिकले भने अनाहकमा आम नागरिकलाई दःुख दिने उद्देश्य नभएको स्पष्ट पारेको छ ।
मादक पदार्थ सेवन गरी सवारी चलाएको, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका चालकहरुले भने ट्राफिक जनचेतनामूलक प्रशिक्षण लिएपछि मात्र ट्राफिक प्रहरी महाशाखाबाट आफ्नो कागजात फिर्ता लिने व्यवस्थाको अन्त्य गरी अनलाईन कक्षा सञ्चालन गर्ने तयारीमा ट्राफिक रहँदा यसले जथाभावी सवारी चलाउनेहरुलाई सचेत त तुल्याएको छ नै साथै सवारी दुर्घटना न्युनिकरणमा पनि टेवा पुग्ने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्