५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने


1.209k
Shares

काठमाडौं । सरकारले पक्षघातको उपचारमा प्रयोग हुने औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।

अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ र स्वास्थ्य मन्त्रालयबीच यससम्बन्धी सहयोगका लागि हस्ताक्षर भएको हो ।

यस संस्थाले पाँच वर्षसम्मका लागि पक्षघातको औषधि सरकारको मागका आधारमा उपलब्ध गराउने छ ।

थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधि पक्षघातको उपचारमा प्रयोग हुने र एउटाकै मूल्य नेपालमा झण्डै एक लाख ३८ हजार पर्ने जनाइएको छ ।

पोखरामा भएको एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अमेरिकी सहयोगमा प्राप्त हुने औषधि संघीय तथा प्रदेश अस्पताल मार्फत निःशुल्क वितरण गरिने जानकारी दिनुभयो ।

नेपालमा पक्षघातबाट हरेक वर्ष झण्डै आठ सय जनाले ज्यान गुमाइरहेको तथ्याङ्क छ ।