
सिन्धुली । सिन्धुलीको कमलामाईस्थानमा माघे संक्रान्ति मेला शुरु भएको छ । कमलामाईंलाई सुनचाँदीका गरगहना पहिर्याएर कमलामाई नगरपालिकास्थित कमला र गौमती नदीको संगमस्थल कमलामाईस्थानमा माघे संक्रान्ति मेला शुरु भएको हो ।
सदरमुकाम सिन्धुलीमाडीबाट बाजा गाजा र र्यालीका साथ ऐतिहासिक शक्तिपीठ कमलामाईलाई सुन, चाँदी, मणि माणिक्यलगायत अष्ठ धातुका गरगहना लगाइदिएर स्थानीयले माघे संक्रान्ती मेला भर्न थालेका हुन् ।
माघ १ गतेबाट लाग्ने माघे संक्रान्ति मेला यसवर्ष कमलामाईस्थानमा विशेष रुपमा लागेको छ । मेलाका क्रममा आज कमला र गौमती नदीको संगमस्थलमा जानकी मन्दिर जनकपुरका मूल महन्थ रामतपेश्वर दाश वैष्णव सहित श्रद्धालु भक्तजनह्ररुले सामुहिक रुपमा स्नान गर्ने छन् ।
माघ महिनाभर लाग्ने कमलामाई मेलामा बलीसमेत लिएर नेपाल र भारतका विभन्न स्थानबाट श्रद्धालु भक्तजनहरु आउने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्