५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


राष्ट्रपति पौडेलबाट नयाँ संघीय संसदको भवन अवलोकन


468
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन संघीय संसद भवनको अवलोकन गर्नुभएको छ । सिंहदरबार परिसरभित्र निर्माणाधीन संसद भवनको राष्ट्रपति पौडेलले आज अवलोकन गर्नुभएको हो ।

अवलोकनपछि शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले भवन निर्माणको विषयमा पौडेललाई जानकारी गराउनु भएको थियो ।

नयाँ संसद भवन नेपाली शैलीमा बनेको सबैभन्दा ठूलो भवन भएको पनि सचिव सिग्देलले बताउनु भएको थियो । अर्को वर्षको वर्षे अधिवेशनमा प्रयोग गर्न मिल्ने गरी काम भइरहेको दाबी पनि उहाँले गर्नुभयो ।

पहिलेको प्रतिनिधिसभाको भवन साँघुरो भएपछि २०६४ पछि नयाँ बानेश्वरस्थित सम्मेलन केन्द्रलाई संसद भवनको रुपमा प्रयोग गरिएको छ ।