५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


रास्वपाका सभापति लामिछानेको मुद्दा हेर्दाहेर्दैमा


1.079k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जोडिएको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा सरकारी वकिलहरूको बहस सकिएको छ ।

सोमबार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने कि धरौटीमा रिहा गरेर मुद्दा लड्न दिने भन्नेबारे बहस भएको थियो.। ११ जना सरकारी वकिलमध्ये सबैले लामिछानेलाई थुनामै राखेर मुद्दा पुर्पक्ष गर्नुपर्ने जिकिर गरे ।

उनीहरूले सहकारी पीडितका दृष्टिकोणबाट समेत मुद्दा हेर्नुपर्ने र तीन वर्षभन्दा बढी सजाय हुन सक्ने कसुर भएकाले प्रतिवादीलाई थुनामै पठाउनुपर्ने दलिल पेस गरेका हुन् ।

सरकारी वकिलको बहस सकिएपछि सहकारी पीडितपक्षका वकिलहरूले बहस सुरु गरेका छन् । जाहेरवालातर्फबाट अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गर्नेछन् ।

जाहेरवालातर्फको बहस सकिएपछि लामिछाने पक्षका वकिलहरूले बहस गर्नेछन् । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र सुशील पन्तले लामिछानेको पक्षमा बहस गर्ने छन् ।

प्रतिवादी पक्षको बहस सकिएपछि सरकारी वकिलहरूले पुनः जवाफी बहस गर्नेछन् । त्यसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले लामिछानेलाई थुनामा राख्ने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्नेबारे निर्णय गर्नुहुनेछ ।