भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा बुद्धको दुर्लभ अस्थिधातु प्रदर्शन गरिने भएको छ । अस्थिको अर्थ हाड भन्ने हुन्छ । नगरपालिकाले पुस १२, १३ र १४ गते तीनदिनसम्म आयोजना गर्ने मध्यपुर महोत्सव २०८१ मा दुर्लभ अस्थिधातु प्रदर्शन गर्न लागेको हो ।
महोत्सव अवधिभर सर्वसाधारणका लागि अस्थिधातु अवलोकन गराउने व्यवस्था मिलाएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । सिद्धार्थ बुद्धको परिनिर्वाण भएपछि उनको अस्थि संसारका विभिन्न ८ ठाउँमा बाँडिएको इतिहासकारहरू बताउँछन् ।
सम्राट अशोकले पनि बुद्धको अस्थिधातुलाई बाँडेको बताइन्छ । सोही दुर्लभ अस्थिधातुलाई मध्यपुर महोत्सवको सन्दर्भमा कडा सुरक्षाका बीच तीनदिन सर्वसाधारणका लागि अवलोकन गराउने भएको हो । अस्थिलाई शोभायात्रा गरि पाटी बिहारमा पु¥याइएको छ ।
प्रतिक्रिया दिनुहोस्