काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले काँग्रेस–एमाले सरकार पुरै अवधि टिक्ने दाबी गर्नुभएको छ ।
गृह जिल्ला संखुवासभाको खाँदबारीमा आयोजित नेपाली काँग्रेस पार्टीको एकसय दिने विशेष सांगठनिक अभियान कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
मन्त्री खड्काले कार्यकर्तालाई जनताप्रति उत्तरदायी भएर काम गर्न पनि निर्देशन दिनुभयो । उहाँले स्थानीय सरकारलाई प्रदेश र केन्द्रसँग समन्वय गरेर काम गर्न पनि निर्देशन दिनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खड्काले सरकार जनताका लागि भएकाले सरकारले परिणाममुुुुुुुुुुुुुुुुुुखी काम गर्ने पनि मन्त्री खड्काले बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता टंक राई, पासाङ शेर्पा, कुमारबाबु अधिकारीलगायतले जिल्लाको विकासमा कन्द्रीत हुन मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्