एजेन्सी । इजरायली सेनाले सिरियाको जलसेना आधार शिविरमा आक्रमण गरेको छ । इजरायलले एक विज्ञप्ती जारी गर्दै सिरियाको लाटकिया र अर बायदा बन्दरगाहमा आक्रमण गरेको पुष्टी गरेको हो ।
विष्फोटका कारण केही जहाज र बन्दरगाहका केही भागहरूमा व्यापक क्षति पुगेको छ । सिरियाले कब्जा गरेको गोलान हाइट्स बीचको बफर जोनमा स्थल सेनाहरु सर्दै गर्दा इजरायली सेनाले आक्रमण गरेको हो ।
यसअघि बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स वाचले विद्रोहीहरूले सिरियाली सरकारलाई परास्त गरेपछि ३ सय १० भन्दा बढी हवाई आक्रमण गरेको जनाएको छ । इजरायलले भने आफनो देशमा हुने खतरालाई जोगाउन सिरियाको सम्पुर्ण सैनिक संयन्त्रहरु नष्ट गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया दिनुहोस्