१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


बीआरआई फ्रेमवर्कको सम्झौता सार्वजनिक


2.561k
Shares

काठमाडौं । नेपाल सरकारले छिमेकी राष्ट्र चीनसँग हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) कोओपरेसन फ्रेमवर्क सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको दौरानमा गत डिसेम्बर ४ मा दुई देशबीच फ्रेमवर्कमा हस्ताक्षर भएको थियो । फ्रेमवर्क अन्तर्गत १० वटा परियोजना समावेश छन् ।

यसमा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमिकोट सडक परियोजना, किमाथांका–खाँदबारी सडक र किमाथांका पुल तथा आईसीपी परियोजना, चीन–नेपाल क्रस बोर्डर रेलवे परियोजना (नेपालतर्फ) र अमरगढी सिटी हल परियोजना रहेका छन् । त्यस्तै, जिलोङ–रसुवागढी चिलिमे २२० केभी क्रस बोर्डर पावर ट्रान्समिसन लाइन, मदन भण्डारी विश्वविद्यालाय, काठमाडौँ साइन्टिफिक सेन्टर र साइन्स म्युजियम, चीन–नेपाल मैत्री औद्योगिक पार्क र झापा स्पोर्ट्स एन्ड एथ्लेटिक्स कम्प्लेक्स रहेका छन् ।

दुवै पक्षले प्राविधिक, वित्तीय, व्यावसायिक र आर्थिक सम्भाव्यताको वस्तुनिष्ठ विश्लेषण गर्नेछन् र प्राथमिकतामा परेका आयोजनाहरूको लागि ’भ्यालु फर मनी’ सुनिश्चित गर्ने बताइएको छ । दुवै पक्षले अन्तर्राष्ट्रिय बहुपक्षीय वित्तीय विकास संस्था वा संयन्त्रलाई कनेक्टिभिटी र विकास प्रवद्र्धन गर्न थप आर्थिक सहयोग उपलब्ध गराउन आह्वान गरिरहने पनि बताइएको छ