काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा विग्रह र नकारात्मक चिन्तन कम हुँदै गएको बताउनुभएको छ ।
बिहीबार स्वर्गीय अनिता आचार्यको स्मृति दिवसमका अवसरमा ‘संसार तिमीलाई’ गीतको लोकार्पण समारोहमा बोल्दै अध्यक्ष बस्नेतले यस्तो बताउनुभएको हो ।
अध्यक्ष बस्नेतले समाजमा सबै बिग्रियो भनेर मात्र जान नहुने भन्दै सकारात्मक चिन्तन लिएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले एकले अर्कालाई नस्विकार्ने, एकले अर्कालाई गाली गर्ने संस्कृतिलाई छोडेरे रचनात्मक बन्नुपर्नेमा जोड दिनुभयो । समाजमा शान्ती कायम गर्नसके मात्र समाजको विकास गर्न सकिने भएकाले घर-घरबाट शान्ती खोज्नुपर्ने बताउनुभयो ।
अध्यक्ष बस्नेतले प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालहरुको निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै सामाजिक सद्भाव भड्काउने क्रियाकलाप गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउने समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्