७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


रवि लामिछानेको बयान आज पनि


0
Shares

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान आज पनि जारी छ । गत बिहिबार काठमार्डौ ल्याइएका लामिछानेको आज सरकारी वकिल कार्यालय, काठमाडौँमा बयान जारी छ ।

सहकारी ठगीको आरोपमा पक्राउ परेका लामिछानेविरुद्ध काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बचत तथा सहकारी लिमिटेडेको रकम हिनामिना समबन्धी उजुरीको आधारमा बयान लिइएको हो ।

यसअघि गत शुक्रबार सरकारी वकिलको कार्यालयले प्रहरीको रोहबरमा ४ घण्टा बयान लिएको थियो । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न कार्तिक २ कास्की जिल्ला अदालतको अनुमतिमा लामिछाने पक्राउ परेका हुन् । उक्त सहकारीले ३ हजार बढी बचतकर्ताको २ अर्ब ७४ करोड रुपैयाँ बचत रकम हिनामिना गरेको आरोपमा सहकारीका केही सञ्चालकहरु विरुद्ध मुद्दा दायर गर्नुका साथै सहकारीको रकम रवि लामिछाने सञ्चालक रहेको गोर्खा मिडियामा लगानी गरी अपचलन गरेको आरोप रविमाथि लागेको छ ।

कास्कीको सुर्यदर्शन, रुपन्देहीको सुप्रिम बचत, कालीमाटीको स्वर्णलक्ष्मी र चितवनको सहारा बचतबाट अरबौं रकम हिनामिना गरी गोर्खा मिडियामा लगानी गरेको आरोप पनि रविमाथि लागेको छ । रविको बयान सकिएपछि उनलाई पुन कास्की फर्काइने छ ।