१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


रवि लामिछानेलाई फसाईयो : सोविता गौतम


1.482k
Shares

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले सभापति रवि लामिछानेलाई सहकारी रकम अपचलन काण्डमा फसाईएको बताउनुभएको छ ।

जसमा राजनितिक यात्रा नहुँदैका व्यक्तिगत मुद्दा उठान गरेर पार्टीलाई बदनाम गर्न समेत खोजिएको आरोप लगाउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीको प्रथम जिल्ला भेलालाई सन्धिखर्कमा सम्बोधन गर्दै उहाँले सहकारी काण्डमा लामिछानेलाई अनुसन्धान गरेजस्तै गिरीबन्दु, नक्कली भुटानीसरणार्थी काण्ड, वाडबढी घोटलामा संग्लनलाई पनि कानुनको दायरामा ल्याउन आग्रह गर्नुभयो ।

सांसद गौतमलले देशमा संघियता आएपनि त्यसको कार्यन्वयनमा नतिजा नदेखिएको बताउनुभयो । यसमा राजनितिक दलले केन्द्र ,प्रदेश र स्थानीय क्षेत्रमा भागबण्डा गर्दै आएको बताउनुभएको छ ।

२०८४ को निर्वाचनमा पार्टीले तिनै तहका सम्पुर्ण क्षेत्रमा उम्मेदवार उठाउने समेत सांसद गौतमले बताउनुभयो ।