२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024


दुर्गा प्रसाईंलाई थप ५ दिन थुनामा राख्न म्याद थप


468
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतले अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी ओलीको २१ करोड डलर बराबरको लगानी रहेको भन्दै अफवाह फैलाएको आरोपमा पक्राउ गरिएाक प्रसाईं प्रहरीले आज पुनः अदालतमा पेश गरेकोमा पाँच दिनको म्याद दिएको हो ।

प्रसाईं विरुद्ध विद्युतीय अपराध ऐन अन्तर्गत मुद्धा चलाउने तयारीमा प्रहरी रहेको छ ।