१७ मंसिर २०८१, सोमबार | Tue Dec 3 2024


रवि लामिछानेलाई बयानका लागि काठमाडौं ल्याइयो


1.742k
Shares

काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको छ ।

बिहीबार साँझ लामिछानेलाई काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि ल्याइएको हो ।

काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम ठगीबारे थप अनुसन्धान गर्न उनलाई साँझ बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइएको हो ।