२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024


रवि लामिछानेलाई आज बयानका लागि काठमाडौं ल्याइँदै


533
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइँदैछ ।

सहकारी ठगीको अभियोगमा पक्राउ परेका लामिछानेलाई कास्कीमा सुर्यदर्शन सहकारीको रकम ठगी सम्बन्धि प्रकरणमा बयान सकिएकाले काठमाडौँ ल्याउन लागिएको हो ।

काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम ठगीका विषयमा बयानका लागि लामिछानेलाई काठमाडौं ल्याइँदैछ ।

यसअघि सुप्रिम सहकारीको रकम ठगी सम्बन्धमा बयान लिन लामिछानेलाई रुपन्देही लगिएको थियो । कास्की जिल्ला अदालतले पनि आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उहाँलाई काठमाडौँ ल्याउन लागिएको हो ।

यसअघि लामिछानेले बुटवलको सुप्रिम सहकारी संस्थालाई चेक काटेर दिएको भेटिएको थियो । लामिछानेको हस्ताक्षरसहित सुप्रिम सहकारीलाई दिएको चेक प्रहरीले फेला पारेको हो ।