२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगियो


1.573k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज कास्की अदालत लगिएको छ ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको १० दिनको म्याद सकिएपछि पुन म्याद थपका लागि अदालत लगिएको हो ।

प्रहरीलाई लामिछानेविरुद्धको अनुसन्धानका लागि अदालतले गत कात्तिक २० गते १० दिनको म्याद दिएको थियो । अदालतले १४ गतेदेखि गणना हुनेगरी उक्त म्याद थप भएको थियो । प्रहरीले पाएको म्याद सकिएपछि लामिछानेलाई आज पुनः अदालत उपस्थित गराइएको हो ।

लामिछानेसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्व डीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि म्याद थपको लागि अदालत लगिएको छ । उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको समेत मुद्दा छ ।

यता रास्वपाले आज पनि पोखरामा प्रदर्शन गर्ने भएको छ ।