२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै


1.846k
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि कास्की अदालतमा पेश गरिँदैछ ।

सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि अनुसन्धान चलिरहेकोले लामिछानेमाथि कास्की अदालतमा अभियोजन प्रस्तुत गर्न समय लाग्ने भएको छ ।

लामिछाने र गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्व डीआईजी छविलाल जोशीलाई आज एकसाथ म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराउन लागिएको हो । जोशी असोज ६ देखि हिरासतमा छन् भने लामिछानेलाई कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की लगिएको थियो ।

लामिछानेलाई शुरुमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । कात्तिक १४ मा म्याद सकिएको भए पनि तिहारको बिदा परेकाले आज मंगलबार मात्रै अदालतमा पेश गर्न लागिएको हो ।

अनुसन्धानका लागि प्रमाणहरू जुटाउँदै गर्दा थप अनुसन्धान गर्नुपर्ने भएकाले म्याद थपका लागि आग्रह गरिने भएको जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले जनाएको छ । लामिछानेविरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा पनि कास्कीमै अनुसन्धान गरिने भएको छ ।