२१ कार्तिक २०८१, बुधबार | Thu Nov 7 2024


ओलीको शासन सत्ता रहेसम्म अपराध भइरहने रविको आरोप


2.34k
Shares

काठमाडौं । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाउनुभएको छ ।

आज कास्की जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति लामिछानेले यस्तो आरोप लगाउनुभएको हो । आफूलाई जस्तै डेढ वर्ष लगाएर प्रधानमन्त्री ओलीमाथि छानविन गर्ने हो भने देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्त केपी ओली हुने उहाँको आरोप थियो ।

सभापति लामिछानेले ओली प्रधानमन्त्री बन्नु देशका लागि दुर्भाग्य भएको बताउनुभयो । उहाँले सरकारविरुद्ध सबै जनालाई देशभरबाट आन्दोलनमा उत्रिन आह्वान पनि गर्नुभयो । केपी ओलीको सरकार रहेसम्म देशले धेरै दुःख पाउने उहाँको तर्क छ । ओलीको शासन सत्ता रहेसम्म यस्ता अपराध भइरहने लामिछानेको भनाइ छ ।

उहाँले आफूलाई झुटो मुद्दामा फसाइएको भन्दै अदालतले न्याय दिने बताउनुभयो । सहकारीको रकम ठगी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रवार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको थियो । अदालल लाने क्रममा रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको थियो । निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा प्रहरी र कार्यकर्ताबीच झडप भएको हो ।