१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


संविधानले जनयुद्ध चिन्दैन : सांसद न्यौपाने


598
Shares

काठमाडौं । नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले संविधानले जनयुद्ध नचिन्ने बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभामा बोल्द सांसद न्यौपानेले संविधानले जनयुद्ध नचिन्ने बताउनुभएको हो ।

सांसद न्यौपानेले अहिले धेरै पटकसम्म यो जनयुद्ध हो की होइन, जनयुद्ध, हिंसा भन्ने विषयमा धेरै बहस चलेको बताउनुभयो । उहाँले संविधानले सशस्त्र द्वन्द्वलाई चिन्ने भएकाले संविधानले चिनेको शब्द भन्नुपर्ने बताउनुभयो । उहाँले पार्टीका कार्यक्रममा, दस्ताबेजमा लेख्नेकुरा छुट्टै भएको भन्दै संविधानले चिनेको कुरालाई संसदमा बोल्दा उचित हुने धारणा राख्नुभयो ।

सांसद न्यौपानले चाडवाड लक्षित अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।