२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024


संविधान दिवसको अवसरमा ११ सय कैदी छुट्ने


0
Shares

काठमाडौं । कारागार व्यवस्थापन विभागले संविधान दिवसको दिन ५० प्रतिशत कैद भुक्तान गर्नेलाई कैद कट्टा गर्ने भएको छ ।

यसका लागि विभागले ५० प्रतिशत कैद भुक्तान गरेका ४ सय १९ जना, दुई जना जेष्ठ नागरिक र ४० प्रतिशत कैद भुक्तान गरेका ७१ जना गरी जम्मा कूल ४ सय ९२ जना कैदीबन्दीको कैदकट्टा सिफारिस गर्न सूचना प्रकाशन गरेको छ ।

सिफारिस भएका कैदीबन्दीको कैदकट्टा सिफारिस विरूद्ध कुनै उजुरी र गुनासो भएमा सात दिनभित्र तथ्य प्रमाण सहित विभागमा उपस्थित हुन पनि सुचित गरिएको छ ।

गत असार ९ गते पुष्पकमल दाहाल नेतृत्वको सरकारले ५० प्रतिशत कैद भुक्तान गरेका पाँच सय ८६ जना, जेष्ठ नागरिक ३ जना र ४० प्रतिशत कैद भुक्तान गरेका ३१ जना गरी जम्मा छ सय २० जनालाई कैद भुक्तान गर्ने सात दिने सूचना निकालेको थियो ।

गत गणतन्त्र दिवसको अवसरमा छुट्न सिफारिस भएका छ सय २० जना र संविधान दिवसको दिनका लागि ४ सय ९२ जना गरी जम्मा ११ सय १२ जनालाइ छाड्ने विभागको तयारी छ ।