२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024


भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु हुँदैन : सभापति लामिछाने


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु नहुने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले भ्रष्टाचारको मुद्दामा कुनैपनि किसिमको हदम्याद राख्नु नहुने बताउनुभएको हो ।

सभापति लामिछानेले आफ्नो पार्टी भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु नहुने पक्षमा स्पष्ट रुपमा उभिने बताउनुभयो । उहाँले नीतिगत निर्णय भनि मन्त्रिपरिषद्बाट निर्णय गराएर भ्रष्टाचार हुने गरेको भन्दै त्यसरी मन्त्रिपरिषद्बाट निर्णय गर्ने क्रम रोकिनुपर्ने बताउनुभयो ।

सभापति लामिछानेले नीतिगत निर्णयको परिभाषा गरिनुपर्ने बताउनुभयो ।